सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक १३ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६७ पैसा र विक्रिदर २७ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५० पैसा र विक्रिदर २८ रुपैयाँ ६७ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २६ पैसा र विक्रिदर २८ रुपैयाँ ४२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ४६ पैसा र विक्रिदर २४ रुपैयाँ ६१ रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २२ पैसा र विक्रिदर ९ रुपैयाँ २७ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४२ रुपैयाँ ७९ पैसा छ भने विक्रिदर ३ सय ४४ रुपैयाँ ७७ पैसा रहेको छ ।
एक बहराइन दिनारको खरिददर २ सय ७५ रुपैयाँ ३२ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ९१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा