सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कार्तिक ५ । आगामी मंसिर १० पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आज (आइतवार) उम्मेदवारहरुको मनोनयन दर्ता शुरु भएको छ । विहान १० बजेदेखि मनोनयन दर्ता शुरु भएको निर्वाचन आयोगले जनाएको छ । आज साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न सकिने छ । पहिलो चरणमा उच्च पहाडी र हिमाली ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा मतदान हुने छ ।
पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुङगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा निर्वाचन हुनेछ ।
प्रमुख तीन दलले पहिलो चरणको निर्वाचन हुने जिल्लाका लागि उम्मेदवारको टुंगो लगाइसकेका छन् ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा