सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असोज ९ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज आफ्नो एघारौ वार्षिक साधारणसभा सफलतापुर्वक सम्पन्न गरेको छ । श्री बालकृष्ण प्रसाईको अध्यक्षतामा राजधानीको अमृतभोग कम्प्लेक्समा कार्यक्रम सम्पन्न भएको हो । २०७४ आषाढ मसान्तको बैंकको वासलात, आर्थिक वर्ष ०७३/७४ को नाफा–नोक्सान हिसाब, नाफा–नोक्सान बाँडफाँंड हिसाब, नगदप्रवाह विवरण तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरू साधारण सभाबाट सर्बसम्मत पारित भएको छ ।
बैंकले आर्थिक वर्ष ०७३/७४ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६.८५ प्रतिशत बोनस शेयर तथा नगद लाभांश दिने भएको छ । आर्थिक वर्ष ०७३/७४ को अन्त्यमा बैकको चुक्तापूँजी रु ६ अर्ब ९२ करोड १६ लाख ८९ हजार रहेकोमा प्रस्तावित १६ प्रतिशत बोनस शेयर वितरण पश्चात् बैंकको चुक्तापूँजी रु ८ अर्ब २ करोड ९१ लाख ६० हजार पुग्नेछ ।
बैकले ०७३/७४ मा आर्जन गरेको संचित मुनाफाबाट बैंकको हालको चुक्तापुँजीको १६ प्रतिशत अर्थात १ अर्व १० करोड ७४ लाख ७० हजार ३४६ बोनस शेयर तथा सोको लागि आवश्यक करको निम्ति ०.८५ प्रतिशत अर्थात ५ करोड ८२ लाख ८७ हजार ९१३ नगद लाभांश एघारौ साधारण सभाले पारित गरेको हो ।
साथै उक्त साधारण सभा बाट श्री प्रकाशचन्द्र मैनाली र श्री विजयध्वज कार्की सर्वसाधारणको तर्फबाट संचालक समितिको सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकमहानुभाबहरुलाई देशभरी फैलिएका यस बैंकको ६२ वटा शाखा, ६१ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहितआधुनिक बैंकिङ्ग सेवाहरूबाट करिव ३ लाख ५०हजार ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । साथै आफ्नो ग्राहकवर्गहरूलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेशनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुबिधाहरु समेत उपलब्ध गराउँदै आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा