सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दाङ, जेठ ३१ नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले उम्मेदवारलाई जनताको मन जित्न आग्रह गरेका छन् । निर्वाचनलाई हल्का रुपमा लिन नहुने भन्दै विपक्षी सँगको ठूलो लडाइँ भएको बताए। नेकपा एमाले तुलसीपुर उपमहानगरपालिकाले पार्टी कार्यालयमा मङ्गलबार आयोजना गरेको उम्मेदवार घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पूर्वस्थानीय विकास मन्त्रीसमेत रहेका ज्ञवालीले गोलाबारुदको लडाइँ नभए पनि भोटको लडाइँ भएकाले निर्वाचनमा विजय हासिल गर्न जनताको मन जित्नुको विकल्प नभएको बताए।
आर्थिक चलखेल र जाँडरक्सीको प्रलोभनमा पारेर निर्वाचन आफ्नो पक्षमा पार्ने दिन गएको भन्दै उनले सही विचार दृष्टिकोणलाई जनतासामु पुर्याउनुपर्ने बताए । नेता भनेको जनताको भएकाले अधिकांश समय जनताको घरमा बिताउनुपर्ने ज्ञवालीले सुझाव दिए। सोही अवसरमा नेकपा एमालेका स्थायी कमिटीका सदस्य शङ्कर पोख्रेलले चुनावलाई उत्सवका रुपमा लिनुपर्ने बताए । २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा विजयी हासिल गर्न कार्यकर्तालाई खटेर लाग्न निर्देशन दिए । उम्मेदवार भएका सबै योग्य र नपाएका अयोग्य नहुने भन्दै सबै मिलेर निर्वाचनमा लाग्न सुझाव पनि दिए।
त्यसैगरी, कार्यक्रममा नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका प्रमुखका उम्मेदवार घनश्याम पाण्डे, उपप्रमुख माया आचार्य लगायतले बोलेका थिए। कार्यक्रममा प्रमुख अतिथि ज्ञवालीले आधिकारिक रुपमा प्रमुख तथा उपप्रमुख र १९ वडाका अध्यक्ष तथा सदस्यका उम्मेदवारको नाम घोषणा गरेका थिए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा