सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ३०,इटहरी : सुनसरीको इटहरीस्थित पचरुखीमा मंगलबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्समा सवार बिरामी बालिकाको मृत्यु भएको छ । बालिकाका दुई जना आफन्तहरु घाइते भएका छन् । दुर्घटनामा सिराहा गोलबजार नगरपालिका ११ बस्ने ३५ वर्षीया कविता उराउकी ६ वर्षीया छोरी भूमिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतककी आमा कविता उराउ र २२ वर्षिय आफन्त सन्तोष उराउ घाइते भएका छन् ।
पुर्व पश्चिम राजमार्ग अन्तरगत पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ च ११९० नम्बरको एम्बुलेन्स बाटो छेउको रुखमा ठोक्किँदा दुर्घटना भएको हो । घाइतेलाई उपचारका लागि धरान पठाइएको पुर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । एम्बुलेन्सका चालक धनुषा जिल्ला धारापानी १ बस्ने २६ विनोद बाँतरलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा