सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी अन्तराष्ट्रिय श्रम संगठन आइएलओको सम्मेलनमा सहभागी हुन भोलि स्विजरल्याण्डको जेनेभा जाने भएकी छिन् । हिजो बसेको मन्त्रीपरिषद बैठकले उनको जेनेभा भ्रमण स्विकृत गरेको हो ।
आईएलओ १०६ औं सेसनअन्तरगतको एक बैठकमा हुने ‘वल्र्ड अफ वर्क समिट’ मा सहभागी हुन राष्ट्रपति भण्डारी मंगलबार जेनेभा प्रस्थान गर्नेछिन् । त्यस सेसनका तीन प्रमुख वक्तामध्ये एक राष्ट्रपति भण्डारीले नेपालको संविधानद्वारा महिला हकहित र श्रममा हासिल उपलब्धिबारे बोल्ने छिन् ।
पछिल्लो समय नेपालले महिला नेतृत्वमा हासिल गरेको उपलब्धि र महिला राष्ट्रपतिका नाताले भण्डारीलाई आइएलओले निमन्त्रणा गरेको अधिकारीहरुले बताए । अन्य दुई मुलुकका राष्ट्रपति क्रमशः मरिससकी अमिनाह गउरीव–फाकी र माल्टाकी मेरि लुइस कलेरो–प्रेसा पनि त्यससम्मेलनका प्रमुख वक्ता छन् ।
भण्डारी राष्ट्रपति भएपछि यो तेस्रो विदेश भ्रमण हो । उनको दुई भ्रमण राजकीय र औपचारिक थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा