सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , जेठ १०। सीजी मोटर्सले जीएसी मोटरको नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।
बिहीबार काठमाडौंको थापाथलीमा चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले चिनियाँ अटोमोबाइल कम्पनी जीएसीका आयोन वाई र हाइपर मोडेल सार्वजनिक गरिएको हो ।
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ र जीएसी इन्टरनेशनलका उपमहाप्रबन्धक वाङ सुनसेनले उक्त सोरुम उदघाटन गरे ।
सोरुम उद्घाटनपछि चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जीएसीका विद्युतीय गाडी (ईभी) विश्व बजारमा टेस्ला र बीवाईडीको प्रतिस्पर्धी बनेको भन्दै नयाँ सोरुमबाट उपभोक्तालाई सहज र विशेष तरिकाले सेवा दिने बताए ।
कम्पनीका अनुसार ६१.५४ किलोवाट क्षमताको लिथियम आयोन ब्याट्री भएको आयोन वाईमा मोटर पावर १०० किलोवाट छ भने गाडीमा १८३ एमएमको ग्राउन्ड क्लियरन्स रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा