सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २८ बैशाख । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ ।
शुक्रबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले गृहमन्त्री लामिछानेलाई आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनको क्रममा संसदमा बोल्न दिने निर्णय गरेको हो ।
लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा बोल्न दिने निर्णय गरेको हो ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्रि लामिछाने मुछिएको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आइरहेको छ ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने समेत मुछिएपछि त्यसबारे संसदीय समिति गठन गरी छानविन हुनुपर्ने भन्दै कांग्रेसले संसद्मा अवरोध गर्दै आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा