सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २८ वैशाख। चर्चित हाँस्य टेलिसिरियल ‘सक्किगोनी’ टिमले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’ यसै वर्षको महाशिवरात्रीको अवसर पारेर फागुन १४ मा रिलिज हुने भएको छ । हाल स्क्रिप्ट लेखनको चरणमा रहेको फिल्मको टिमले शुक्रबार रिलिज मिति फाइनल गरेको हो ।
निर्माण टिममध्येका कुमार कट्टेल ‘जिग्री’ले फिल्मका लागि चाँडै नै निर्देशक, कलाकार तथा अन्य प्राविधिक फाइनल गरिने बताए । ‘अहिले पात्र अनुसारको स्क्रिप्ट लेखनमै व्यस्त छौं । स्क्रिप्ट फाइनल भइसकेपछि कलाकार र प्राविधिक फाइनल हुनेछ’, उनले भने ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा