सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , बैशाख ११। नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् ।
चेम्बरका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठलाई मंगलबार सल्लाहकार परिषदको अध्यक्षमा चयन गरिएको हो ।
परिषदले चेम्बरको संस्थागत विकास एवं व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिनेछ । परिषदमा महेश कुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार, सुरेशकुमार बस्नेतलगायत चेम्बर अभियानका अग्रजहरु रहेका छन् ।
परिषदले सरकार र निजी क्षेत्रबीचको समन्वय, अन्तराष्ट्रिय सम्वन्ध विस्तार, उद्यमी एवं व्यवसायिक हकहित एवं निजी क्षेत्रको भूमिकालाई थप सशक्त पार्न समन्वय गर्ने चेम्बरद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । पूर्वअध्यक्ष श्रेष्ठ चेम्बर अभियानमा तीन दशकदेखि सक्रिय रहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा