सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १० बैशाख । साताको पहिलो दिन हिजो आइतवार दोहोरो अङ्कले बढेको शेयर बजार आज दोहोरै अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमबार १५ दशमलव ४१ अङ्कले घटेर १ हजार ९६९ दशमलव ०२ विन्दुमा झरेको छ ।
यसदिन ३२० वटा कम्पनिको ५६ लाख ५६ हजार कित्ता शेयर २ अर्ब ५ करोड ८ लाख रुपैयाँमा किनबेच भएको छ ।
आज म्युचुअल फन्ड समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको ११ करोड ५४ लाख रुपैयाँको शेयर किनबेच भयो।
यसदिन सबैभन्दा धेरै दोल्ती पावर कम्पनी र एनआईसी एसिया लघुवित्तको शेयर झन्डै साढे ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन पिपुल्स पावर कम्पनीको शेयर झन्डै ७ प्रतिशतले बढेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा