सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १० बैशाख । आज विश्व पृश्वी दिवस । विश्व पृथ्वी दिवस हरेक वर्ष अप्रिल २२ मा मनाइन्छ। पृथ्वी मानिसको मात्र नभई करोडौं जीवजन्तु र वनस्पतिको घर हो तर मानिसले आफ्नो आवश्यकता पूरा गर्न पृथ्वीलाई विभिन्न किसिमका हानि पु¥याइरहेका छन् । जसका कारण बाढी, प्रदुषण, जलवायु परिवर्तन, ग्लोबल वार्मिङजस्ता धेरै समस्या देखिन थालेका छन् । अहिले पनि यी समस्यालाई ध्यान नदिने हो भने भविष्यमा धेरै खतराको कारण बन्न सक्छ । पृथ्वी र प्रकृतिको महत्वबारे मानिसहरूलाई सचेत गराउने उद्देश्यले हरेक वर्ष अप्रिल २२ मा विश्व पृथ्वी दिवस मनाइन्छ।
पृथ्वी दिवस कसरी सुरु भयो ?
पृथ्वी दिवस मनाउने विचार पहिलो पटक शान्ति कार्यकर्ता जोन म्याकोनेलले सन् १९६९ मा युनेस्कोको सम्मेलनमा प्रस्ताव गरेका थिए। सुरुमा यो दिन मनाउने उद्देश्य पृथ्वीको सम्मान गर्नु थियो। पृथ्वी दिवस पहिलो पटक संयुक्त राज्य अमेरिका मा अप्रिल २२, १९७० मा मनाइएको थियो। १९९० मा, डेनिस हेजले यो दिवस विश्वव्यापी रूपमा मनाउने प्रस्ताव गरे जसमा 141 देशहरू सहभागी थिए। २०१६ मा, पृथ्वी दिवस जलवायु संरक्षण को लागी समर्पित थियो। हाल, पृथ्वी दिवस नेटवर्क १९० देशहरूमा २०,००० साझेदार र संगठनहरू फैलिएको छ।
विश्व पृथ्वी दिवस २०२४ को विषयवस्तु
हरेक वर्ष विश्व पृथ्वी दिवस एउटा नाराका साथ मनाइन्छ । सन् २०२४ मा यसको विषयवस्तु रहेको छ – ‘प्लैनेट भर्सेस प्लास्टिक’ यस विषयको उद्देश्य एकल प्रयोगको प्लास्टिकको प्रयोग अन्त्य गर्नु र यसको विकल्प खोज्नमा जोड दिनु हो । सन् २०२३ को थिम ‘इनभेष्ट इन आवर प्लानेट’ थियो ।
पृथ्वी दिवस मनाउने कारण
पृथ्वी दिवसमा, लाखौं मानिसहरू प्रदूषण र यसको खतराहरू, वन विनाश आदि जस्ता वातावरणीय मुद्दाहरूमा छलफल गर्न भेला हुन्छन्। यस अवसरमा विश्वभर विभिन्न कार्यक्रमको सहयोगमा वातावरणबाट निम्त्याउने खतराबारे जनतालाई जानकारी गराई पृथ्वी बचाउने प्रयासबारे सचेत गराइन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा