सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गोरखा, १० बैशाख । गोरखा नगरपालिका–३, नारेश्वरका ५७ वर्षीय एक पुरुषको मलद्वारमा अड्किएको बोत्तल एक महिनापछि निकालिएको छ । आइतबार गोरखा अस्पतालमा शल्यक्रिया गरेर मलद्वारबाट बोत्तल निकालिएको हो ।
उनको मलद्वारमा एक महिनाअघि देखि किटनाशक औषधीको मेटलको बोत्तल अड्किएको थियो । उनी अलि सिरियस भएपछि आज अस्पताल ल्याइएको थियो। करिब ३ घण्टाको अप्रेशन पश्चात् बोत्तल निकालिएको हो ।
ती पुरुषको मलद्वारबाट १० सेन्टिमिटर लामो र ७.५ सेन्टिमिटर चौडाइको बोत्तल निकालिएको डा खनालले जानकारी दिए । बोत्तल कसरी उनको मलद्वारभित्र अड्कियो भन्ने विषयमा केही जानकारी पाइएको छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा