सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १० बैशाख । क्लासिक भ्यु रिसोर्टले आइपीओ निष्काशन गर्ने भएको छ । काठमाण्डौको बुढानिलकण्ठस्थित डाँडागाउँमा रजिष्ट्रार कार्यालय रहेको क्लासिक भ्यु रिसोर्ट प्रालिले १ सय अंकित दरका १० लाख ५० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो ।
यसका लागि कम्पनी र एनआईसी एशिया क्यापिटलबीच सेयर निष्काशन तथा विक्री प्रबन्धन नियुक्ती गर्नेसम्बन्धी सम्झौता भएको हो ।
क्लासिक भ्यू रिसोर्ट बुढानिलकण्ठ, काठमाडौंमा अवस्थित १९ रोपनीको क्षेत्रफलमा निर्माणधिन अवस्थामा रहेको छ । हालसम्म उक्त रिसोर्टको ६५ प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको छ । रिसोर्टको अध्यक्ष मुकुन्द राज कुँवर लगायत अन्य संचालक तथा संस्थापक सेयरधनीहरुको रियल इस्टेट लगायत अन्य व्यवसायमा एक दशक भन्दा बढीको अनुभव हाशिल गरेका विज्ञ छन् ।
क्लासिक भ्यु रिसोर्ट त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट नजिकको दुरीमा अवस्थित रहेको हुँदा स्वदेशी तथा विदेशी प्रर्यटकको पहिलो रोजाइको रिसोर्ट हुन सक्ने कम्पनीले जानकारी दिएको छ
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा