सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ९ बैशाख । निर्वाचन आयोगले५९ राजनीतिक दललाई स्पष्टिकरण सोधेको हो ।
आयोगले आज एक विज्ञप्ति जारी गरी यसपालिको लेखापरीक्षण समयमा नबुझाउने र समयमा बुझाएर पनि सार्वजनिक नगर्ने विभिन्न दलहरूलाई स्पष्टिकरण सोधेको जानकारी गराएको हो । आयोगका अनुसार १५ दलहरूले आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन बुझाएका छैनन्।
त्यस्तै, आयोगले चुरेभावर लोकतान्त्रिक पार्टी, राष्ट्रिय एकता पार्टी प्रजातान्त्रिक, शिव सेना नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट), राष्ट्रवादी एकता पार्टी, राष्ट्रिय एकता मञ्च, हाम्रो नेपाल पार्टी लगायतका १५ पार्टीहरूलाई सात दिने स्पष्टिकरण सोधेको हो।
त्यस्तै समय ब्यतित भएपछि पेस गर्ने १३ दलहरूलाई पनि आयोगले स्पष्टिकरण सोधेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा