सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ८ बैशाख । साताको पहिलो दिन शेयर बजार दोहोरो अंङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १२ दशमलव २९ अङ्कले बढेर १ हजार ९ सय ८४ दशमलव ४३ विन्दुमा पुगेको छ ।
यसदिन ३१० वटा कम्पनिको ६३ लाख ९३ हजार कित्ता शेयर २ अर्ब २५ करोड ९९ लाख रुपैयाँमा किनबेच भएको छ ।
आज बैंकिङ र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको १० करोड २१ लाख रुपैयाँको शेयर किनबेच भयो ।
यसदिन सबैभन्दा धेरै दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको शेयर झन्डै ८ प्रतिशतले घटेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा