सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ८ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री हितबहादुर तामाङले नेपाल आफै सबै क्षेत्रबाट पूर्णरुपमा आत्मनिर्भर बन्न नसक्नु दुखद् विषय रहेको बताएका छन् ।
काठमाडौंमा शनिबार फास्ट फुड एशोसियन नेपालको क्यालेन्डर विमोचन गरेपछि उनले यस्तो बताएका हुन् । विकासको गति र आर्थिक कृयाकलापको दृष्टिले नेपाल आफैंमा पूर्णरुपमा आत्मनिर्भर बन्न नसक्दा जनशक्ति पलायन बाध्यात्मक अवस्था रहेको उनले बताए ।
उनले भने, ‘विकासको गतिको दृष्टिले, आर्थिक कृयाकलापको दृष्टिले र हर दृष्टिले पछि परेको हाम्रो मुलुक जो आफैमा पूर्णरुपमा आत्मनिर्भर बन्न सकिराखेको छैन, अहिलेसम्म पनि छैन । हाम्रो मुलुकको समस्या अरु मुलुकको जस्तो होइन, विशिष्ट खालको समस्या छ । जसले गर्दा अहिले हामी सामान्य रोजगारको निमित्त पनि छिमेकी मुलुकको अथवा तेस्रो मुलुकमा पलायन हुनुपर्ने अवस्था छ ।’
कुनै पनि व्यवसायमा प्रतिस्पर्धाका बीच नाफा कमाउने कुरा एकदमै चूनौतीपूर्ण हुने बताएका उनले फास्ट फुड एशोसिएन प्रतिस्पर्धासँगै नाफा पनि कमाउन सफल हुनु प्रशंसनीय रहेको बताए । मुलुकमै रोजगारी सृजना गर्न र विदेश पलायन हुने नेपालीलाई देशमै रोक्न राज्यको तर्फबाट व्यवसायलाई संरक्षण गर्न आवश्यक रहेको भनाइ पनि उनले राखे ।
उनले भने, ‘प्रतिस्पर्धाका बीचमा पनि नाफा कमाउने कुरा एकदमै चुनौतीपूर्ण हो । तर यो संस्थाले प्रतिस्पर्धासँगै नाफा पनि कमाइरहेको छ । यो एकदमै प्रशंसनीय छ । राज्यको तर्फबाट यसलाई संरक्षण गर्नुपर्छ, रक्षा गर्नुपर्छ । त्यसो भएपछि मात्रै हामीले मुलुकमै रोजगारी सृजना गर्न सक्छौं । विदेश पलायन हुने नेपालीलाई देशमै रोक्न सक्छौं । र, आर्थिक उपार्जनलाई बढाएर मुलुकलाई आत्मनिर्भर बनाउन सक्छौं ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा