सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २५ चैत । एसएमस फ्रेन्डसिप कपमा नेपालले गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ।
कप्तान रोहित कुमार पौडेलको अर्धशतमा नेपालले गुजरातलाई १७७ रनको लक्ष्य दिएको हो ।
आज भएको फाइनलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १७६ रन जोडेको हो ।
कप्तान पौडेलले ७४ रनको योगदान दिए । उनले ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। ओपनरद्वय कुशल भुर्तेलले १९ रन र आसिफ शेखले ३४ रन बनाए। दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट हुँदा कुशल मल्लले १३ बलमा नटआउट ३१ रन जोडे।
कुशलले २ चौका र २ छक्का प्रहार गरे। सन्दीप जोराले ३ बल खेल्दा १ चौका प्रहार गर्दा नटआउट ७ रन बनाए। सिरिजको फाइनल खेलमा नेपाली टिममा अघिल्लो खेल खेलेका चार खेलाडी परिवर्तन गरिएको छ।
जसमा आकास चन्द, प्रतिश जिसी, ललित राजवंशी र अनिल साह टिममा छैनन्। खेलमा रोहित पौडेल, सोमपाल कामी, अभिनास बोहरा र आसिफ शेख टिममा फर्किएका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा