सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २४ चैत्र । इलामको उपनिर्वाचनमा एमाले र माओवादी केन्द्रवीच तालमेल हुने भएको छ । अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालले चुनावी तालमेल गरेर अघि बढ्ने सहमति गरेपछि इलाम क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार नै दुवै दलको साझा उम्मेदवार भएका छन् ।
शीर्ष तहको सहमति अनुसार, एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई सघाउन दुवै पार्टीका इलाम जिल्लास्थित समितिले औपचारिक सहमति पनि गरेका छन् । माओवादी जिल्ला समन्वय समितिका संयोजक बिजय लिम्बु र एमालेका इलाम अध्यक्ष महेश बस्नेतले हस्ताक्षर गरेको अपिलमा शुक्रबार सार्वजनिक गर्दै सुहाङ नेम्बाङलाई सघाउन अपील गरेका छन् ।
इलाम २ को उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा