सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , २३ चैत। प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि मन्त्रालयगत विषयमा दफावार छलफल गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको बैठकमा ऐन संसोधनका क्रममा पाँच मन्त्रीलाई बोलाएर मन्त्रालयसँग सम्बन्धीत विषयमा छलफल गरेको हो ।
बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ, वन तथा वातावरणमन्त्री नवलकिशोर साह उपस्थित थिए ।
ऐन संसोधनका सम्बन्धमा समितिका सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लामिछानेले आफ्नो मन्त्रालयसँग सम्बन्धीत कानुनहरु संसोधनहरु गर्न गम्भीर रहेको बताए ।
उनले भने, ‘यहाँ छलफल हुने विषयहरुलाई मन्त्रालयले गम्भिरतापूर्वक हेर्ने नै छ । केही ऐनका कुराहरु छन्, भएका व्यवस्थाका कुराहरु छन् । यसमा मन्त्रालय गम्भीर छ ।’
समिति सभापति विमला सुवेदीले दफावार छलफलका क्रममा निष्कर्षमा पुगेका विषयलाई सोही अनुसार गर्ने र निष्कर्षमा पुग्न बाँकी रहेका विषयलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सम्बन्धितसँग थप छलफल गर्ने बताइन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा