सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २३ चैत । नेपालको ‘ए’ राष्ट्रिय क्रिकेट टिमले आयरल्यान्ड वुल्भ्सविरूद्धको तीन खेलको एकदिवसीय सिरिज अन्तिम खेलमा पनि पराजित भएको छ ।
नेपालले शुक्रबार ११४ रनको हार बेहोरेको हो ।
आयरल्यान्डले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा ६० रनमै अलआउट भयो।
नेपालका लागी भीम सार्कीले १७ रन र कप्तान विनोद भण्डारीले १६ रन बनाउदा बाँकी ९ ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
ओनपर देव खनालसहित पाँच ब्याटरले खाता नै खोल्न सकेनन्।
बलिङमा आयरल्यान्डका म्याथ्यु हाफ्रीले ६ विकेट लिए। उनले अर्जुन साउद, भीम सार्की, आरिफ शेख, रिजन ढकाल, शाहब अलाम र मौसम ढकाललाई आउट गरे।
त्यसअघि त्रिवि मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले ३८.४ ओभरमा सबै विकेट गुमाएर १७४ रन बनायो।
आयरल्याण्डलाई १७४ रनमा अलआउट गर्न रिजन ढकाल र शाहव आलमले तीन/तीन विकेट लिए। मौसम ढकालले दुई र कमल सिंह ऐरीले एक विकेट लिए।
आयरल्याण्डका वुल्भ्सका लागि ग्याभिन हनीले अर्धशतक प्रहार गरे। उनले ५९ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा