सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इलाम, १३ चैत । इलाम २ उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) इलाम जिल्ला समितिले उम्मेद्वारको नाम कोशी प्रदेश समितिमा सिफारिस गरेको छ ।
वैशाख १५ गते हुने संघीय उपनिर्वाचनका लागि राप्रपा इलामको जिल्ला कार्य सम्पादन समितिको बैठकले क्रमशः लक्ष्मी गुरुङ्ग, यामनाथ भण्डारी र लालबहादुर डांगीको नाम उम्मेदवारको रुपमा प्रदेशमा सिफारिस गरेको राप्रपा इलामका प्रवक्ता गोपाल पौड्यालले बताए ।
बैठकमा राप्रपा कोशी प्रदेश अध्यक्ष तथा दमक नगरपालिकाका प्रमुख राम थापा, कोशी प्रदेश सभासद गोपाल गजमेर र हल्दिबारी गाउँपालिकाका अध्यक्ष तथा राप्रपा इलाम क्षेत्र नम्बर २ उपनिर्वाचनका संयोजक रविन्द्र लिङ्देनको समेत उपस्थिति रहेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा