सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २४ फागुन । सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य इतिहासकै सबैभन्दा धेरै १ लाख २५ हजार पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघले बिहीबार छापावाला सुनको मूल्य १ लाख २५ हजार कायम गर्दै नयाँ मूल्य सूची सार्वजनिक गरेको छ ।
छापावाला सुन बुधबार प्रतितोला १ लाख २३ हजार ५ सयमा कारोबार भएको थियो । बुधबार पनि मंगलबारको तुलनामा सुनको मूल्य ५ सयले बढेको थियो । आज प्रतितोला १५ सयले बढेर नयाँ उचाइमा पुगेको हो ।
आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार ४ सय कायम भएको छ । चाँदीको मूल्य अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर रु एक हजार चार सय ७० तोकिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा