सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २२ फागुन । पशुपति क्षेत्रमा पाँच दिनसम्म मासु र मदिराजन्य पदार्थको कारोबारमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले आगामी शुक्रबार परेको महाशिवरात्री पर्वलाई लक्षित गरेर पशुपति क्षेत्रभित्र चार किल्ला तोकेर बुधबारदेखि मासु, मदिरा र नशालु पदार्थको उत्पादन, सेवन र किनबेचमा प्रतिबन्ध लगाएको हो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सूचना जारी गर्दै गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गोशाला तिलंगा चक्रपथदेखि उत्तर र मित्रपार्क उमाकुण्ड गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा मासु र मदिराजन्य नशालु पदार्थ किनबेच र सेवन गर्न नपाइने जानकारी दिए ।
यस सूचनाविपरीत काम गरेमा कारबाही गर्ने चेतावनी समेत दिएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा