सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा प्रवेश गर्दा थप रोमाञ्चक बन्दै गएको छ । महानगर प्रमुखमा दुवै प्रत्यासीको मतान्तर कम रहेकाले जितको अनुमान लगाउन कठिन बनेको छ ।
आइतबार अपरान्ह वडा नम्बर २१ को मत गणना सकिँदा एमाले उम्मेदवार देवी ज्ञवालीको अग्रता घटेको छ । ज्ञवाली र माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालको मतान्तर ७८४ मा झरेको छ । देवीले ४० हजार ९८० मत पाउँदा उहाँलाई पछ्याइरहनुभएकी दाहालको मत ४० हजार १९६ मत छ ।
जारी मतगणनामा निर्णायक भने वडा नम्बर २० हुनेछ । २० नम्बर वडाको मतगणना सुरु हुँदा ६ सयदेखि ७ सय मतको अग्रता लिन नसकिए महानगर प्रमुख को बन्ने बन्ने अनुमान गर्न नसकिने आंकलन गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा