सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ २६ । साताको अन्तिम कारोबार दिन आज नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुन तोलाको १ लाख १७ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोलामा १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा