सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,२२ माघ । नेपाली बजारमा सोमबार पनि सुन–चाँदीको मूल्य घटेको छ।
आइतबार प्रतितोला छ सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा