सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २१ माघ । साताको पहिलो दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ३१ अङ्कले घटेर २ हजार ६१ दशमलव ७० विन्दुमा झरेको छ ।
यसदिन ३०७ वटा कम्पनिको ९२ लाख ७२ हजार ७ सय कित्ता शेयर ३ अर्ब २१ करोड ६७ लाख रुपैयाँमा किनबेच भएको छ ।
आज विकास बैंक, फाइनान्स र लगानी समूहको शेयर सामान्य बढ्दा अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्स कम्पनीको ३३ करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज मिथिला लघुवित्त र रावा इनर्जी कम्पनीको शेयर ५ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आज युनिक नेपाल लघुवित्तको शेयर १० प्रतिशत र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर साढे ९ प्रतिशतले बढेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा