सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा मंगलवार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१७ की १९ बर्षीया अनिता बैठालाई बिराटनगर-१५ बाट १९.३३ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको तथा घटनामा संग्लग्न रहेकी बिराटनगर-१६ की ३० बर्षीया सरस्वती गुरुङलाई १ थान डिजिटल तराजु सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङकै पथरी शनिश्चरे नगरपालिका-४ बाट स्थानिय ३३ बर्षीय चित्र कुमार रपाल(बि.क.) लाई २५ ग्राम लागुऔषध ब्राउनसुगर, बिभिन्न कम्पनिका -५ थान मोबायल र डिजिटल तराजु -१ थान सहित ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मंगलवार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काकाडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-६ बाट बुद्धशान्ति गाउँपालिका-५ का २२ बर्षीय स्मार्ट थेवेलाई एक ग्राम लागुऔषध खैरो हेरोईन सहित मंगलवार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा