सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,४ माघ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिएको अभियोगमा बनेपा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष नृपेश वादेलाई नियन्त्रणमा लिएको छ ।
घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले वडा अध्यक्ष बादेलाई पक्राउ गरेको हो ।
आयोगले अध्यक्ष बादेबाट सेवाग्राहीसँग लिएको १५ लाख रुपैयाँ, स्रोत नखुलेको दस हजार जापानी येन, एक सय अमेरिकी डलर र हुण्डाइ आइ टेन पनि बरामद गरेको छ ।
चालक पदम बहादुर प्रधानलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा