सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३ माघ । गरिमा विकास बैंकले ग्राहकहरुका लागि गरिमा 5 in 1 बचत खाता सार्वजनिक गरेको छ । गरिमा 5 in 1 बचत खातामा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो शेयरको र सि आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
यस खाता अन्तर्गत ग्राहकहरुले न्युनतम १ हजारमा खाता खोली निःशल्क सेवा अन्तर्गत मोबाइल बैकिङ्ग , वेब बैकिङ्ग, एटिएम, सि आस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरुबाट डिम्याट ,सेयर ट्रेडिङ (टिएमएस) र मेरो शेयर खाता साथै लकर सुविधा मा ५० ५ प्रतिशतसम्म छुटको सुविधा बैंकले जनाएको छ ।
यस सेवा मार्फत नयाँ तथा पुराना ग्राहक महानुभावहरुले गरिमा विकास बैंकका कुनै पनि शाखाबाट सहजै खाताहरु खोल्न सक्ने बैंकले जनाएको छ ।
गरिमा विकास बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्राराम्भा गरेको हो । काठमाडौको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय ५१ एटिएमबाट करिब ८ लाख ग्राहकहरुलाई बैकिङ्ग सेव प्रवाह गरिरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा