सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ललितपुर, १३ पौष । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएको छ ।
शुक्रवार ललतिपुरको बालकुमारीमा भएको बिरोध प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिनुभएको छ ।
वीरेन्द्र साहको ठेगाना भने डोटी वा अछाम भन्ने स्पष्ट भइ नसकेको उहाँको भनाइ छ । आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । प्रदर्शनमा उत्रिएका युवाहरुले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए ।
भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा