सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनकुटा, २ पुष । धनकुटाको साँगुरीगढी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको उपस्थिति बढ्दै गएको छ । विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सुरु भएपछि नियमित विद्यालय नआउने तथा आएका विद्यार्थी पनि बिचैमा कक्षा छोडेर घर जाने प्रवृत्ति क्रमिक रुपमा अन्त्य हुन थालेको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिकाका अधिकांश विद्यार्थी डेढदेखि दुई घण्टासम्म पैदल हिंडेर विद्यालय पुग्नुपर्छ । जसले गर्दा समयमै विद्यालय पुग्न सबेरै हिंड्नुपर्ने हुनाले बिहानै खाना खानुपर्ने बाध्यता छ ।
बिहानैको खानाले विद्यार्थीलाई दिनभर कक्षामा रहन कठिन हुने र टिफिनपछिका कक्षाहरुमा विद्यार्थीको सख्या न्यून हुँदै जाने गरेको थियो । तर, अहिले दिवा खाजा कार्यक्रमले विद्यार्थीको उपस्थिति बढाएको छ ।
दिवा खाजाले विद्यालय समयभर विद्यार्थी रहँदा शैक्षिक सुधारमा सकारात्मक प्रभाव परेको गोलखाडी माध्यमिक विद्यालयकी प्रधानाध्यापक जीवनकुमारी राईले बताउनु भयो ।
दिवा खाजाको लागि संघिय सरकारले प्रतिविद्यार्थी १५ रुपैयाँ र साँगुरीगढी गाउँपालिकाले १० रुपैयाँ छुट्याएका छन् । विद्यार्थीलाई दैनिक टिफिन समयमा खुवाउने खाजाको गाउँपालिकाले साप्ताहिक मेनु तालिका तयार गरिदिएको छ । मेनुअनुसार कहिले दाल, भात, तरकारी त कहिले आलु चना चिउरा तयार हुन्छ ।
संघिय सरकारले उपलब्ध गराएको रकम न्यून भएकोले केही थप गरेको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताउनु भयो । खाजाले विद्यार्थीको नियमित उपस्थितिसँगै शैक्षिक गुणस्तर बढाएको छ । दिवा खाजा कार्यक्रम विद्यालयमा विद्यार्थी आर्कषण गर्ने माध्यम समेत बनेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा