सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २४ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरी ठुलो मात्रामा सुन बरामद भएको छ । भन्सार क्षेत्रबाट बाहिरिइसकेपछि ६ किलो ५६५ ग्राम सुन बरामद भएको हो । प्रहरीको टोलीले सुन सहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ज्याकेटको जोगीमा बिस्कुट जस्तो गरी डल्लो बनाइ ल्याइएको अवस्थामा सुन सहित इजिप्ट र सुडानका नागरिक पक्राउ परेका हुन् ।
उनीहरु शनिवार राती ११ः५१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईको एफ जेड ५७३ हवाई जहाजबाट उनीहरू काठमाडौँ आएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा