सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १४ फागुन । १४ किलो सुन तस्करी प्रकरणमा प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवन कुमार गुरुङ पक्राउ परेका छन् ।
१४ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा डिल्लीबजारको कालिकास्थानमा रहेको प्लाटिनम कलेज अध्यक्ष गुरुङ काठमाडौंबाट पक्राउ परेका हुन् ।
स्रोतका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली गुरुङलाई पक्राउ गरेको हो ।
विमानस्थल भन्सार कार्यालयले गत मंसिर २१ गते फ्लाइ दुबईबाट काठमाडौं आएका चन्द्र घलेबाट १४ किलो सुन बरामद गरेको थियो । त्यतिबेला भन्सार कार्यालयले विमानस्थलका कर्मचारीलाई पनि पक्राउ गरेको थियो ।
भन्सार कार्यालयले यस प्रकरण मीनबहादुर घले, चन्द्र घले, कृष्णकुमार श्रेष्ठ, डनबहादुर गुरूङ र उनकी श्रीमती बिना गुरूङलाई मुख्य प्रतिवादी बनाएको थियो ।
यस्तै, विमानस्थलका कर्मचारी प्लम्बर शेरबहादुर बस्नेत, कार्यालय सहयोगी रमेश देउला, लेकबहादुर तामाङ, एयर कन्डिसनर चलाउने÷मर्मत गर्ने राधाकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठविरूद्ध पनि मुद्दा दायर भएको छ । भन्सार कार्यालयले त्यतिबेला जीवनकुमारविरूद्ध मुद्दा चलाएको थिएन । अब पूरक अनुसन्धानको क्रममा उनको संलग्नता देखिएपछि पक्राउ पुर्जी लिइएको थियो ।
प्रहरी स्रोतका अनुसार गुरुङ र मीनबहादुर घलेबीच बारम्बार कुराकानी भएको प्रमाण फेला पारेको छ । भन्सार कार्यालयले उनीसँगै थप केही व्यक्तिमाथि पनि अनुसन्धान गरिरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा