सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ३० असोज । कैलालीको गेटामा कात्तिक १ गते (भोलि)बाट अस्पताल सञ्चालन हुने भएको छ । मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि विश्वविद्यालय घोषणा गरिएको गेटामा चाहिने जति जनशक्ति र उपकरण नभए पनि उपलब्ध भएकैबाट बुधबारदेखि अस्पताल सञ्चालनमा आउन लागेको हो ।
सरकारले गेटामा एक सय शय्याको अस्पताल चलाउन यस वर्ष चालुतर्फ साढे ३ करोड र पुँजीगततर्फ ८० करोड रकम दिएको छ । एक सय शय्या चलाउने निर्णय र बजेटमा उल्लेख भए पनि जनशक्ति र उपकरण भने त्यसका लागि चाहिने जति छैन ।
अहिले २६ जना जनशक्ति गेटा अस्पतालमा हाजिर भएका छन् । न्यूनतम सेवा सञ्चालनका लागि मेडिकल सामान पनि आइपुगेका छन् ।
यस अस्पतालमा कात्तिक १ गतेदेखि जनरल ओपिडी, हाडजोर्नी तथा नशा रोग ओपिडी, स्त्रीरोग सेवा ओपिडी, जनरल सर्जरी ओपिडी, अल्ट्रासाउण्ड सेवा, एक्सरे सेवा, प्रयोगशाला सेवा र फार्मेसी सेवा सुरू हुनेछन्।
अस्पतालले एमसीएच क्लिनिक सेवा कात्तिक महिनाभित्र सुरू गर्ने जनाएको छ भने अन्तरंग सेवा र खोप सेवा विस्तार मंसिर महिनाभित्र गर्ने तयारी छ।
पुसमहिनाभित्र इमर्जेन्सी र प्रसूति सेवा सुरू गरिने अस्पतालले जनाएको छ । शल्यक्रिया सेवा चैत महिनाभित्र सुरू गरिने छ । आइसियू तथा एनआइसियू सेवा आगामी वैशाखभित्र सुरू गरिने भनिएको छ । बीमाबाट प्राप्त हुने सेवा प्रकृयामा रहेको गेटा अस्पतालका निर्देशक प्रमोद जोशीले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा