सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २२ असार । कोशी प्रदेशमा असंवैधानिक तरिकाले गठन गरिएको भन्दै नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ । सभामुखको समेत हस्ताक्षर जोडेर सरकारलाई आवश्यक पर्ने बहुमत देखाएर सरकार बनाएपछि एमाले शुक्रबार सर्वोच्चमा रिट हालेको हो ।
कोशी प्रदेश एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीका तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले सर्वोच्चमा रिट दिएका हुन् ।
एमालेले निवेदनमा संविधानको धारा १६८ (२) बाट निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरिएको छ ।
कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले बिहीवार सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर गरेर आएको दावी अनुासर कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।
९३ सदस्य रहेका कोशी प्रदेशसभामा बहुमत पु¥याउन ४७ जना प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । गठबन्धन दलहरुका तर्फबाट ४६ मात्रै पुगेपछि सभामुखलाई समेत जोडर बहुमत पु¥याउँदै थापा मुख्यमन्त्री बनेका थिए ।
थापाले आज मुख्यमन्त्रिको सपथ ग्रहण गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा