सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र १८,काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय चुनावमा मधेसी मोर्चालाई सहभागी गराउने विषयमा छलफल गर्दै । चीन भ्रमणका कारण लामो समय राजनीतिक छलफल हुन नसकेका बेला प्रधानमन्त्री दाहालले शुक्रबार सत्ता साझेदार नेपाली कांग्रेस र मधेसी मोर्चासँग छलफल गर्न लाग्नुभएको हो ।
दिउँसो साढे ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने छलफल सिमांकन पछि टुंग्याउनेगरी बाँकी विषयमा सहमति खोजेर मोर्चालाई पनि चुनावमा सहभागी गराउने विषयमा केन्द्रित हुने प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
तत्काल सिमांकनको विषय पारित गर्न संसदमा दुई तिहाइ बहुमत नपुग्ने भएकाले सरकारी कामकाजको भाषालगायतका विषयमा सहमति गरेर अघि बढ्ने विषयमा मधसशी मोर्चा पनि केही लचिलो देखिएको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा