सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं– नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा निजी क्षेत्रका अगुवाले अमेरिकी सहयोग एमसिसीदेखि वित्तीय प्रणालीमा जारी तरलता संकटसम्मको कुरा उठाएका छन् । प्रस्तुत छ उनीहरुको विचारः
राजेन्द्र मल्ल, अध्यक्ष–नेपाल चेम्बर अफ कमर्स:
कोभिड–१९ को प्रभावले मुलुकको अर्थतन्त्रमा समस्या पारेको छ । यसका लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सम्बोधन गरेको छ ।
तर अहिले बजारमा तरलता (लगानीयोग्य रकम) अभावको समस्या देखिएको छ । यो समस्या बैंकले सम्बोधन गर्नुपर्छ ।
सिडी रेसियोलाई छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्ने देखिन्छ । अधिकांश बैंकहरुको सिडी रेसियो ९० प्रतिशतभन्दा माथि पुगिसकेकाले थप लगानी गर्न नसक्ने अवस्थामा छन् । यसले निजी क्षेत्र प्रभावित हुन पुगको छ । व्यवसाय गर्नका लागि लगानीको अभाव हुन थालेको छ । यसतर्फ राष्ट्र बैंकको ध्यान जान जरुरी छ ।
सरकार र निजी क्षेत्र एकै रथको दुई पांग्रा भएर अघि बढ्न तयार छ । मुलुकको आर्थिक विकासका लागि सरकारसँग हातेमालो गर्न निजी क्षेत्र सधै तयार छ ।
कृष्णप्रसाद अधिकारी, कार्यबाहक अध्यक्ष–नेपाल उद्योग परिसंघ:
निजी क्षेत्रले मात्र होइन पछिल्लो समय सरकारले समेत आर्थिक पुनरुत्थानमा सक्रिय हुन सकेन । जति गर्नुपर्ने थियो त्यति गर्न सकिएन । तर, मुलुकको आर्थिक पुनरुत्थानका लागि सार्वजनिक निजी साझेदारी अपरिहार्य छ ।
कोभिड १९ प्रभाव नेपालमा मात्र होइन सबै जसो मुलुकहरुमा परेको छ । अधिकांश मुलुकहरु विस्तारै उत्थानको चरणमा छन् । यसलाई नेपालले पनि चुनौतीको रुपमा नभई अवसरको रुपमा लिनुपर्छ । सार्वजनिक निजी साझेदारीको रुपमा आर्थिक विकास तथा पुनरुत्थानमा लानुपर्छ ।
सरकारले निजी क्षेत्रलाई सहजीकरण गरिदियो भने नीतिगत व्यवस्था गरिदियो भने, लगानीको वातावरण मिलाइदियो भने अर्थतन्त्र उत्थानमा समस्या हुँदैन, छिट्टै आर्थिक पुनरुत्थानमा जान सकिन्छ ।
शेखर गोल्छा, अध्यक्ष–नेपाल उद्योग वाणिज्य महासंघ:
जब ब्याजदर ४–५ प्रतिशत माथि पुग्छ तब बैंकहरुमा पैसा सुक्छ । तरलता समस्याको कुरा गर्नुपर्दा विदेशी लगानीलाई ल्याउन सकिएको छैन । नीतिगत समस्याका कारण रोकिएको अवस्था छ ।
एमसिसी देशका लागि आवश्यक छ । यसले विकासमा भाइटल रोल खेल्न सक्छ । त्यसैले यसलाई रोक्न हुन्न स्वागत गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा