सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ ।
मंगलबार एमालेको अवरोधकै बीच प्रतिनिधिसभाको बैठक सुरु भएको थियो । बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो ।
मंगलबारको बैठकमा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
बैठकमा अर्थमन्त्री शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव माथिको छलफलमा नेमकिपाका सांसद् प्रेम सुवाल सहभागी भएका थिए ।
शर्माले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक २०७८लाई विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभा बैठकको बहुमतले स्वीकृत गरेको घोषणा गरे ।
मंगलबारको बैठकमा संविधानसभा सदस्य मनबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो ।
उक्त प्रस्ताव बहुमतले पारित गरेपछि बैठक स्थगित गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा