सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । गत आर्थिक वर्ष २०७७–०७८ मा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको वितरणयोग्य मुनाफा ९१ प्रतिशतभन्दा धेरैले बढेको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७–०७८ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा वितरणयोग्य मुनाफा ९१.५७ प्रतिशतले बढेर १ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।
सिटिजन्सले अघिल्लो आर्थिक वर्षमा सोही अवधिमा ८२ करोड ३९ लाख ९९ हजार रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षमा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५० पैसा बढेर १५ रुपैयाँ ३८ पैसा कायम भएको छ । मूल्य आम्दानी अनुपात २५.१ गुणा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ४९ पैसा रहेको वित्तीय विवरणले देखाउँछ ।
गत आर्थिक वर्षमा यस बैंकको खुद नाफा ३३.४० प्रतिशतले बढेर १ अर्ब ५९ करोड ८७ लाख ९३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब १९ करोड ८५ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत आवमा बैंकले खुद ब्याज आम्दानी २५.०८ प्रतिशतले बढाएर ३ अर्ब ६० करोड ८१ लाख ४९ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष सिटिजन्सको खुद ब्याज आम्दानी २ अर्ब ८८ करोड ४७ लाख ५३ हजार रुपैयाँ थियो ।
बैंकको सञ्चालन मुनाफा ४३.६६ प्रतिशत बढेर २ अर्ब १५ करोड ३५ लाख २३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यो बैंकले १ अर्ब ४९ करोड ९० लाख २३ हजार रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो ।
गत असार मसान्तसम्ममा बैंकको चुक्ता पुँजी १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार रुपैयाँ छ । यसको जगेडा कोष ४०.९२ प्रतिशत बढेर ६ अर्ब ९ करोड ८९ लाख ९६ हजार रुपैयाँ पुगेको छ । निक्षेप संकलन ५८.९२ प्रतिशत बढेर १ खर्ब ४० अर्ब ६२ करोड ८४ लाख ८१ हजार रुपैयाँ र कर्जा ५०.१३ प्रतिशत बढेर १ खर्ब १८ अर्ब ५७ करोड ८ लाख ७७ हजार रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको चुक्ता पुँजी ९ अर्ब ८ करोड ९८ लाख १७ हजार रुपैयाँ, जगेडा कोष ४ अर्ब ३२ लाख ७९ हजार रुपैयाँ, निक्षेप संकलन ८८ अर्ब ४९ करोड ६२ लाख २८ हजार रुपैयाँ र कर्जा ७८ अर्ब ९७ करोड ६३ लाख ९५ हजार रुपैयाँ थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा