सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । निरन्तर उकालाे लागेकाे शेयरबजारमा बुधबार ‘ब्रेक’लागेकाे छ । दिनभर देखिएको तीव्र उतारचढाव पछि बुधबार नेप्से परिसूच्क १३.५६ अंकले घटेर २९४६.५८ अंकमा झरेको छ ।
यो दिन ३ करोड १३ लाख ५४ हजार २२ कित्ता सेयर १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ रुपैयाँ ४१ पैसामा कारोबार भएको छ । यो दिन ७१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३५ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
उपसमूहतर्फ ट्रेडिङ, फाइनान्स, निर्जीवन बीमा कम्पनी, म्यानुफ्याक्टर एण्ड प्रोसेसिङ, म्यूचुअल फन्ड र जीवन बीमा बढेको छ भने अन्य उपसमूहमा गिरावट देखिएको छ ।
यसदिन नेपाल इन्स्योरेन्स, युनाइटेड मोदी हाइड्रोपावर, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अरुण भ्याली हाइड्रोपावर र सीइडीबी हाइड्रोपाव कम्पनीको सेयर मूल्य बढेको छ ।
त्यसैगरि युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर, महालक्ष्मी विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंको सेयर मूल्य घटेको छ ।
बुधबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको ८७ करोड ९४ लाख रुपैयाँको शेयर कारोबारमा आएको छ । नेपाल पुनर्बीमा कम्पनीको ६१ करोड ८० लाख, र नेपाल इन्योरेन्सको ५१ करोड ६ लाखको शेयर कारोबारमा आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा