सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्तावमा ठीक र बेठीक बीचको संघर्षमा तटस्थ बस्नु भनेको परोक्ष रूपमा बेठीकको समर्थन गर्नु वा ठीकको पक्षमा उभिन नसक्ने कायरता प्रदर्शन गर्नु हो भनेका छन्।
एक ट्विट गर्दै उनले आज प्रधानमन्त्रीविरुद्ध हुने अविश्वास प्रस्तावमा खुलेर विरोध गर्न नसकेको भन्दै एमाले माधव नेपाल समूहप्रति रोष प्रकट गरेका हुन्।
उनले कहिले बेठीकहरू बीचमा नै संघर्ष पर्दा बढी बेठीकको विरोध गर्नु सत्य र न्यायका पक्षधरको धर्म हो भनेका छन्। उनले अहिले ओलीप्रवृत्ति बेठीकमध्ये बढी बेठीक भएको पनि दाबी गरे।
ठीक र बेठीक वीचको संघर्षमा तटस्थ बस्नु भनेको परोक्ष रूपमा बेठीकको समर्थन गर्नु वा ठीकको पक्षमा उभिन नसक्ने कायरता प्रदर्शन गर्नु हो।कहिले बेठीकहरू वीचमानै संघर्ष पर्दा बढी बेठीकको विरोध गर्नु सत्य र न्यायका पक्षधरको धर्म हो!अहिले ओलीप्रवृत्ति बेठीकमध्ये बढी बेठीक छ;अत:विरोध गरौं!
— Baburam Bhattarai (@brb1954) May 10, 2021
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा