सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मौरी अन्य किराहरूमध्ये एक फाइदाजनक र धेरै संख्यामा रहने किरा हो । यो कमिला र बारुलासँग नजिकको सम्बन्ध भएको जीव हो । यसले मह तथा मैन उत्पादन गर्नुका साथै परागसेचनमा पनि ठुलो भूमिका खेलेको हुन्छ । यतिमात्र हैन, मौरीले मानिसको स्वास्थ्य र आर्थिक समृद्धिमा ठूलो योगदान पुर्याएको हुन्छ । यही मौरीलाई व्यवसायिक रुपमा पालेर मानिसले वार्षिक लाखौं आम्दानी गरिरहेका छन् ।
शैक्षिक बेरोजगारको संख्या दिनदिनै बढेर विदेश पलायन भइरहेको अवस्थामा पूर्वीउत्तरी मोरङका किसानहरु मौरी पालन गरी मनग्गे आम्दानी गर्न थालेका छन् । थोरै लगानीमा वर्षभरी आम्दानी हुने भएपछि कृषकहरु मौरीमा लगानी गर्न हौसिएका छन् । जिल्लाको बयरवन, केरौन, होक्लाबारी, पथरीशनिश्चरे, उर्लाबारी, लेटाङलगायतको क्षेत्रमा मौरी पालन हुदै आएको छ ।
नेपालमा महको मागसँगै यसको उत्पादनमा पनि वृद्धि भइरहेको छ । व्यवसायको सुरूको वर्ष नै एक घार मौरीबाट वार्षिक १८ हजार रुपैयाँ सम्म आम्दानी गर्न सकिने हुन्छ ।
नेपालका हिमालदेखि तराईसम्म मौरीपालन गर्न सकिन्छ । अहिले झापा, सुनसरी, मोरङ, चितवन, नवलपरासी, कास्की, पाल्पा, पर्वत, कैलाली, जुम्ला, सर्लाही, मकवानपुर, सुर्खेत, काभ्रे, दाङ, प्यूठानलगायत जिल्लामा व्यावसायिक रूपमा मौरीपालन भइरहेको छ । मौरीको मह शारीरिक दुर्बलता, मधुमेह, रुघाखोकीलगायतका रोगको लागि अति उत्तम औषधि मानिन्छ । अधिकांश आयुर्वेदिक औषधिमा मह मिसाइएको हुन्छ
मौरी अत्यन्तै अनुशासित, परिश्रमी र नीति पालना गर्ने कीरा हो। यस्तो नीतिवान कीराबारे नेपालमा अहिलेसम्म नीति बनेको छैन। किसानले स–सानो लगानीमा थोरै–थोरै मह उत्पादन गरे पनि स्तरीय संकलकले ठूलो लगानी गर्नुपर्छ। त्यसकारण, आधुनिक प्रविधि सहितको मह संकलनमा व्यक्तिगत वा संस्थागत लगानीबाट नेपाली मह उत्पादक कृषकलाई अन्तर्राीष्ट्रय बजारसँग जोडेर मुलुकमा समृद्धि भित्र्याउने राष्ट्रिय नीति आवश्यक छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा