सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । वरिष्ठ सर्जन डा. ध्रुव शर्मा मुडभरीको कोरोना संक्रमणबाट निधन भएको छ । मुडभरीको ७७ वर्षको उमेर शनिबार दिउँसो ओम अस्पतालमा मृत्यु भएको हो ।
उनी १५ दिनदेखि कोभिड १९ सँग लडिरहेका थिए । अस्पतालका अनुसार उनलाई कोराना संक्रमणका कारण कडा निमोनिया भएको थियो ।
उनको आइसियूमा उपचार भइरहेको थियो । नुवाकोटको बेल्कोटगढी नगरपालिकामा पर्ने कुमरीमा जन्मेका डा. मुडभरी ओम अस्पतालका संस्थापक पनि हुन् ।
डा. मुडभरीले केही दिनअघि मात्र आफूलाई फोन गरेर ए प्रकाश राम्रोसँग आफ्नो स्वास्थ्यको ख्याल गर। केही परे मलाई फोन गर्नू भनी सम्झाएको राप्रपाका नेता तथा पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीले जनाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा