सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । इटहरी–४ का ७९ वर्षीय पुरुषको प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा आइतबार राति मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्राध्यापक डा आशिष श्रेष्ठका अनुसार मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेका उनलाई यही कात्तिक ७ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनको स्वास्थ्यमा समस्या भएपछि आइतबार नै अस्पताल भर्ना गरिएको थियो । यससँगै प्रतिष्ठानमा सङ्क्रमितको मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा