सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले जस्केलाबाट छिरेर सत्ताको तुजुक नदेखाउन नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सुझाव दिएका छन् ।
नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डले बूढीगण्डकीमा अर्बौं भ्रष्टाचार गरेको बाबुरामको आरोपको खण्डन गरेको केही घण्टापछि नै त्यसबारे प्रतिक्रिया दिँदै भट्टराईले यस्तो सुझाव दिएका हुन् ।
भट्टराईले बूढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिङ प्रेस, ओम्नीलगायतका सबै ठूला भ्रष्टाचारको छानबिन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गर्न पनि प्रस्ताव गरेका छन् ।
त्यस्तो अधिकारसम्पन्न निकायबाट सबै उच्च पदासीनहरूको सम्पत्ति छानबिन गर्न बाबुरामको सुझाव छ । उनले त्यसमा सघाउने र दाेषाी भए दण्डित हुने बचनबद्धता पनि व्यक्त गरेका छन् ।
‘बूढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिङ, यती, ओम्नीलगायतका सबै ठूला भ्रष्टाचारकाण्डको छानबिन र दण्डसजाय गर्न अधिकारसम्पन्न लोकपाल गठन गरौं,’ ओली र प्रचण्डले भ्रष्टाचार गरेको आरोप निराधार भएको भन्दै श्रेष्ठले जारी गरेको विज्ञप्तिको जवाफ दिँदै भट्टराईले भनेका छन्, ‘सबै उच्च पदासीनहरुको सम्पत्ति छानबिन गरौं । म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु । जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊ ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा