सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपालको डिजिटल बैंकिङमा अग्रणी स्थानमा रही गतिशील बैंकिङको अभ्यास गर्दै आएको बताउने एनआइसी एसिया बैंकले आफ्ना सेवा, सुविधालाई समयअनुरुप ग्राहकमैत्री बनाउने क्रमलाई निरन्तरता दिँदै अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’को व्यवस्था गरेको जनाएको छ । कोभिड १९ को महामारीबीच सामाजिक दुरी कायम राख्नुपर्ने आवश्यकतालाई महसुस गर्दै बैंकले ग्राहकमैत्री एवं सुरक्षित रुपले https://loanapplication.nicasiabank.com मार्फत उक्त अनलाइन कर्जा आवेदन प्रणाली सुरु गरेको जानकारी गराएको छ ।
उक्त बैंकले आफ्नो ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप आफ्नो सम्पूर्ण व्यावसायिक प्रक्रिया तथा क्रियाकलापलाई डिजिटलतर्फ परिमार्जन गर्न लागेको बेला विद्यमान कर्जा आवेदन समेत अनलाइन माध्यमबाट दिन सकिने व्यवस्था गरेको हो । यो सुरुवातले बैंकको कर्जा आवेदन लिने र प्रक्रियामा लैजाने विद्यमान व्यवस्थालाई बिस्थापित गर्नुका साथै बैंकसम्म पुगेर कर्जा आवेदनका निमित्त भौतिक फारम भर्नुपर्ने झन्झटबाट ग्राहकले मुक्ति पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ ।
यसमार्फत ग्राहकले जुनसुकै स्थानबाट जुनसुकै समयमा आफूले इच्छ्याएको कर्जाको आवेदन दिन सक्ने बैंकले जनाएको छ । ग्राहकले लिन सक्ने कर्जाको सीमा तथा आयस्रोत अनुसार कर्जा लिन सक्ने क्षमता निक्र्यौल गर्न सकिने व्यवस्था र कर्जा लिनका लागि योग्य भए नभएको देखाउने पनि बैंकले जनाएको छ । योग्य भएपछि सम्पूर्ण विवरण अनलाइनमार्फत भरेर ग्राहकले सम्पूर्ण कागजात सोही मार्फत अपलोड गर्न सक्ने व्यवस्था छ ।
यसपछि ग्राहकलाई कर्जा लिनका लागि रोजेको बैंकको शाखा कार्यालयका कर्जा प्रतिनिधिले सम्पर्क गर्ने बैंकले जनाएको छ । आवश्यक कागजात बुझाएको ४८ घन्टाभित्र आवेदकलाई बैंकले कर्जाको निर्णय दिने व्यवस्था मिलाएको छ । साथै आवेदकको कर्जा स्वीकृतिको विभिन्न अवस्था बारेमा यस बैंकले एसएमएसमार्फत जानकारी गराउँदै आएको जजनाएको छ । ग्राहकले बैंकको वेबसाइटमा गई लोन स्टाटस आफैंले ट्र्याक गर्न सक्ने पनि बैंकको विज्ञप्तिमा उल्लेख छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा