सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
प्युठान । अत्याधिक रक्तस्रावका कारण प्युठान अस्पताल बिजुवारमा एक सुत्केरीको मृत्यु भएको छ । सुनिलस्मृति गाउँपालिका– २ रोल्पा निवासी २५ वर्षीया नेत्री सिंहको सुत्केरी भएपछि मृत्यु भएको प्युठान अस्पतालले जनाएको छ ।
आज बिहान २ बजे छोरा जन्माएपछि रक्तस्रावका कारण बिहान ७ बजे सिंहको मृत्यु भएको अस्पतालका नर्सिङ इञ्चार्ज नेहा थापाले बताइन् । शिशुको स्वास्थ्यमा समेत समस्या देखिएकाले बुटवल रेफर गरिएको उनले जानकारी दिइन् । रोल्पाबाट सुत्केरी गराउनका लागि आइतबार बेलुकी सिंहलाई अस्पताल ल्याइएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा