सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नवलपरासी । पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिका वार्ड न. ३ स्थायी बसोबास गर्ने युवा ,बालबालिका तथा समाजिक अभियन्ता अनोज यादवले आफ्नो जन्म दिनको अवसरमा जन्म दिनको खर्च कटाएर बुटवल स्थित बाल गृह अर्थात अनाथ आश्रमलाई पाँच हजार एकाउन्न रुपैया नगद सहयोग गरेका हुन ।
उनले भने समाजिक राजनीति तथा सहयोगी कार्य सानो हुँदा बालक्लबको सन्सथापक अध्यक्ष भएर धेरै कुरा सिकेको तथा बालबालिकामा हुन सक्ने समस्य आफुले पनि भोगेकोले अहिले जन्म दिनको अवसरमा सहयोग गर्न पाउँदा धेरै खुसी लागेको उनले बताए ।
मानिसहरुले पार्टीमा खर्चगर्ने थोरै मात्र रकम वचाएर भए पनि यस्ता सामाजिक कार्यमा सर्मपित संस्थाहरु पनि सहयोग गर्नुपर्ने बनाउनु भएको छ ।
आफू बाल क्लबको पुर्ब सदस्य भएकोले युवा बालबालिका तथा समाजिक सेवा को नेतृत्व बाल क्लब बाट नै सिकेकोले जीवन भर बालबालिकालाई तन मन धन सहयोग गर्ने बताउनु भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा